विना निष्कर्ष टुंगियो जसपा शीर्ष नेताको बैठक « Khabarhub

विना निष्कर्ष टुंगियो जसपा शीर्ष नेताको बैठक


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । सरकारविरुद्ध कांग्रेस र माओवादी मिलेर ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय बैठक बसे पनि आजको बैठकले कुनै निर्णय गरेन ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलबाट कुनै निष्कर्ष निस्किएन । पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी थिए ।

हाल जसपाका ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् । यस क्रममा उनीहरुले विभिन्न चरणमा सरकारसँग वार्ता गरिसकेका छन् ।

तर, जसपाका अर्का दुई नेता यादव र भट्टराई भने सरकारमा जानुहुन्न र ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्छ भन्ने पक्षमा छन् । जसपाको अनिर्णयका कारण सरकारविरुद्ध तत्काल अविश्वासको प्रस्ताव नआउने भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी