कोरोनाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन निर्देशन « Khabarhub

कोरोनाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन निर्देशन


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणको बढ्दो अवस्थाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन सरकरालाई संसद अन्तर्गतको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका कारण आगामी दिनमा देखिने चुनौतीको पूर्व आँकलन गरी तयारीका काम समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न पनि निर्देशन दिएको समिति सभापति निरु देवी पालले जानकारी दिइन ।

बैठकले विभिन्न वर्गमैत्री क्वारेन्टीनको प्रबन्ध समयमा नै मिलाउन पनि निर्देशन दिएको सभापति पालले जानकारी दिइन । कोरोनाको खोप अन्य केही देशमा समेत नपुगेको अवस्थामा नेपालमा उपलव्ध हुनु सकारात्मक भएको भन्दै पालले आगामी दिनमा यसको सर्वसुलभतामा पनि सरकारले ध्यान दिने विश्वास व्यक्त गरेकी छन् ।

बैठकमा कर्णाली प्रदेशमा गरिएको महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको अध्ययन भ्रमणका बारेमा छलफल भएको थियो ।

अर्को बैठकमा उक्त भ्रमण प्रतिवेदनमाथि छलफल हुने समिति सभापति पालले जानकारी दिइन । वैशाख ८ देखि १२ सम्म समितिको ९ सदस्यीय टोलीले अध्ययन भ्रमण गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : ५१ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।