नेपालमा एकैदिन ४ हजार ५२४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु | Khabarhub Khabarhub

नेपालमा एकैदिन ४ हजार ५२४ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै थपिए १९६६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा गरी कुल १ हजार ९६६ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १ हजार ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगामा २, खोटाङमा २, झापामा १६, धनकुटामा २, भोजपुरमा १, पाँचथर १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरी ५१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २७ , पर्सामा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १६०२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५ , नुवाकोटमा ११, भक्तपुरमा १२४ , मकवानपुरमा ७२, रसुवामा १ , रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४ , पर्वत ४, मुस्ताङ २, म्याग्दी ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङ्जामा १४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३ , कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्यूठानमा ८, बर्दियाका ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ४, डोल्पा १, दैलेखमा ९, मुगु २, रुकुम पश्चिममा ७, सल्यानमा ११, सुर्खेतमा ७४ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटी १, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै ११२६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १०२
१०-१९ वर्ष – २८२
२०-२९ वर्ष – ११२६
३०-३९ वर्ष – १११५
४०-४९ वर्ष – ७९५
५०-५९ वर्ष – ५२५
६०-६९ वर्ष – २४०
७०-७९ वर्ष – १०३
८०-८९ वर्ष – ३३
९०-१०० वर्ष- १
अज्ञात – ४२

सक्रिय संक्रमितको संख्या २६ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या २६ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । यसअघि हिजो आइतबारसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ थियो ।

मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसअघि हिजो ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका थिए भने आज चितवन थपिएको हो ।

यसैगरी सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

३९९ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ३९९ जना स‌क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ८४ जना संक्रमित भेन्टिलेटरमा र ३१५ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा २६ जना संक्रमित आईसीयूमा र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । त्यस्तै प्रदेश २ मा हाल आईसीयूमा ८ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १५२ जना आईसीयूमा र ५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २९ जना आईसीयूमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा थप १८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : १९ बजे

पोखराको बाँझो जग्गामा कागतीखेती

गण्डकी – पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा

युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण जारी राख्ने रुसको चेतावनी

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनको भूमिमा बालिस्टिक मिसाइल

पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

तुलसीपुर – पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

वालिङ – यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका

पश्चिमी वायुको सामान्य प्रभाव, थोरै स्थानमा हुस्सु र कुहिरो

काठमाडौं –काठमाडौं हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा