३९९ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

३९९ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ३९९ जना स‌क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ८४ जना संक्रमित भेन्टिलेटरमा र ३१५ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा २६ जना संक्रमित आईसीयूमा र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । त्यस्तै प्रदेश २ मा हाल आईसीयूमा ८ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १५२ जना आईसीयूमा र ५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २९ जना आईसीयूमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ४४ बजे

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२