२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार जिल्लागत विवरण यस्तो छ-

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगामा २, खोटाङमा २, झापामा १६, धनकुटामा २, भोजपुरमा १, पाँचथर १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरी ५१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २७ , पर्सामा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १६०२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५ , नुवाकोटमा ११, भक्तपुरमा १२४ , मकवानपुरमा ७२, रसुवामा १ , रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४ , पर्वत ४, मुस्ताङ २, म्याग्दी ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङ्जामा १४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३ , कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्यूठानमा ८, बर्दियाका ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ४, डोल्पा १, दैलेखमा ९, मुगु २, रुकुम पश्चिममा ७, सल्यानमा ११, सुर्खेतमा ७४ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटी १, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ५८ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित