सांसदको कोरोना परीक्षणपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने « Khabarhub

सांसदको कोरोना परीक्षणपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद्को पीसीआर परीक्षणको माग गर्दै सत्तारुढ एमालेले नै अवरुद्ध गरेको गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को कोरोना परीक्षणपछि मात्रै बस्ने भएको छ ।

कोरोनाको जोखिम रहेको भन्दै पीसीआर टेष्ट नगरी बैठक चलाउन नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले प्रदेसभाको बैठक अवरुद्ध गरेको थियो ।

बैठक अवरुद्ध गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो । परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन ।

प्रदेससभाको बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । त्यसअघि सत्ता पक्षका सांसद्ले बैठक सुरु हुनेबितिकै उठेर विरोध गरेका थिए ।

एमालेका सांसद राजीव पहारीले प्रदेशमा सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पीसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध आइतबारमात्रै टेवल भएको अविश्वासको प्रस्तावमा आज मतदान हुने कार्यसूची राखिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना