पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादी केन्द्रको निर्णय


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने गरी अन्तरिम विधान संशोधन प्रस्तावलाई पारित गर्दै राष्ट्रिय महाधिवेशनअघि नै समावेशी प्रणालीअनुसारको पार्टी कमिटि बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत उत्पीडित दलितको प्रतिनिधित्व थपिने व्यवस्था गरिएको र दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व सुनिश्चित गराउने निर्णय समेत गरेको छ ।

४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राख्ने निर्णय समेत माओवादीले गरेको छ । पार्टीको सबै कमिटीको पादधिकारीमा एक जना महिला राख्ने निर्णय गरेको र केन्द्रीय कमिटी २९९ जनाको हुनेछ ।

बैठकले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि स्थायी कमिटि बैठकले सरकासँग माग गरेको छ ।

केपी ओली नेतृत्वको सरकार विस्थापन गर्न यसअघि नै तयार भएको तर नयाँ सरकार गठनका लागि जसपाको साथ अनिवार्य भएकाले जसपाको निर्णय पर्खिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ५८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो