चीनद्वारा नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ सामग्री सहयोगको घोषणा « Khabarhub

चीनद्वारा नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ सामग्री सहयोगको घोषणा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले नेपाललाई  ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने घोषणा गरेको छ ।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित सम्मेलनमा चीनले नेपाललाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोगको घोषणा गरेको हो ।

सम्मेलनमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । उनले सम्मेलनलाई सम्बोधन गर्दै कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताए ।

उनले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : २४ बजे

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

नारायणगढ– सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका