काठमाडौंसहित देशका विभिन्न १३ जिल्लामा निषेधाज्ञा, कहीँ पूर्ण कहीँ आंशिक « Khabarhub

काठमाडौंसहित देशका विभिन्न १३ जिल्लामा निषेधाज्ञा, कहीँ पूर्ण कहीँ आंशिक


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले देशका विभिन्न १३ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

कैलाली र बाँकेमा निषेधाज्ञा लागू भैसकेको छ भने कास्कीमा भोलिदेखि शुरु हुनेछ । अन्य जिल्लामा पर्सिदेखि लागू हुनेछ ।

देशभरका १० वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा र तीन जिल्लाले आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, कैलाली, पर्सा, कास्की, सुर्खेत, बाँके र कैलालीमा पूर्ण रुपमा निषेधाज्ञा लागू गरिएको छ । बाग्लुङ, कालिकोट र बर्दियामा आंशिक निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार बिहानदेखि पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । उपत्यका बाहिर बाँकेमा हिजोदेखि पूर्णरुपमा निषेधाज्ञा लागू भैसकेको छ ।

यसैगरी कैलालीमा आजदेखि वैशाख निषेधाज्ञा जारी भएको छ । त्यस्तै पर्सामा पर्सिदेखि एक हप्ता अर्थात् २१ गते सम्म कास्कीमा भोलिदेखि २१ गते सम्म निषेधाज्ञा छ । दाङमा वैशाख १७ गतेदेखि ९ दिन निषेधाज्ञा घोषणा गरिएको छ ।

त्यस्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । बैठकले पहाडी जिल्लामा कोरोनाका सक्रिय संक्रमित २०० नाघे जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : २१ बजे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः