काठमाडौंसहित देशका विभिन्न १३ जिल्लामा निषेधाज्ञा, कहीँ पूर्ण कहीँ आंशिक « Khabarhub

काठमाडौंसहित देशका विभिन्न १३ जिल्लामा निषेधाज्ञा, कहीँ पूर्ण कहीँ आंशिक


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले देशका विभिन्न १३ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

कैलाली र बाँकेमा निषेधाज्ञा लागू भैसकेको छ भने कास्कीमा भोलिदेखि शुरु हुनेछ । अन्य जिल्लामा पर्सिदेखि लागू हुनेछ ।

देशभरका १० वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा र तीन जिल्लाले आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, कैलाली, पर्सा, कास्की, सुर्खेत, बाँके र कैलालीमा पूर्ण रुपमा निषेधाज्ञा लागू गरिएको छ । बाग्लुङ, कालिकोट र बर्दियामा आंशिक निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार बिहानदेखि पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । उपत्यका बाहिर बाँकेमा हिजोदेखि पूर्णरुपमा निषेधाज्ञा लागू भैसकेको छ ।

यसैगरी कैलालीमा आजदेखि वैशाख निषेधाज्ञा जारी भएको छ । त्यस्तै पर्सामा पर्सिदेखि एक हप्ता अर्थात् २१ गते सम्म कास्कीमा भोलिदेखि २१ गते सम्म निषेधाज्ञा छ । दाङमा वैशाख १७ गतेदेखि ९ दिन निषेधाज्ञा घोषणा गरिएको छ ।

त्यस्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । बैठकले पहाडी जिल्लामा कोरोनाका सक्रिय संक्रमित २०० नाघे जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : २१ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न