कोरोना संक्रमणको जोखिम बढेसँगै त्रिवेणी नाका बन्द « Khabarhub

कोरोना संक्रमणको जोखिम बढेसँगै त्रिवेणी नाका बन्द


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको भारतसँग जोडिएको दक्षिणी सीमावर्ती त्रिवेणी नाका बन्द गरिएको छ ।

नवलपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिनासाथ बन्द भएर खुलेको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि पुनः बन्द गरिएको छ ।

कोरोना संक्रमण तीब्र भएको भन्दै नवलपुरका सबै पालिकाहरुले छुट्टाछुट्टै सूचना निकालेर कडाइ गर्ने निर्णय गरेपछि त्रिवेणी नाका बन्द गरिएको हो । भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रवेश निषेध गरिएको छ । खुला सीमाका कारण हुने अवैध आवत जावत बन्द गरिएको नवलपुर प्रशासनले जनाएको छ ।

केही दिनयता पूर्वी नवलपरासीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । जिल्लाको मध्यबिन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण गर्दा दैनिक जसो संक्रमित भेटिएको छ ।

नवलपुरमा जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष र ६ बेडको आइसीयु कक्ष तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

पूर्वी नवलपरासीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए ।

संक्रमितमध्ये २ जना मध्यबिन्दु जिल्ला अस्पतालकै आइसोलेशनमा रहेका छन् भने अन्य सबै होम आइसोलेशनमा रहेका छन् ।

सोमबार बसेको नवलपुर जिल्ला स्तरको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभित्रको पालिका स्तरका सबै अस्पताललाई कम्तीमा ५ देखि १० बेडको आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिएको चापागाईले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ३० बजे

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

नारायणगढ– सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका