कोरोना संक्रमणको जोखिम बढेसँगै त्रिवेणी नाका बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिम बढेसँगै त्रिवेणी नाका बन्द


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको भारतसँग जोडिएको दक्षिणी सीमावर्ती त्रिवेणी नाका बन्द गरिएको छ ।

नवलपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिनासाथ बन्द भएर खुलेको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि पुनः बन्द गरिएको छ ।

कोरोना संक्रमण तीब्र भएको भन्दै नवलपुरका सबै पालिकाहरुले छुट्टाछुट्टै सूचना निकालेर कडाइ गर्ने निर्णय गरेपछि त्रिवेणी नाका बन्द गरिएको हो । भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रवेश निषेध गरिएको छ । खुला सीमाका कारण हुने अवैध आवत जावत बन्द गरिएको नवलपुर प्रशासनले जनाएको छ ।

केही दिनयता पूर्वी नवलपरासीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । जिल्लाको मध्यबिन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण गर्दा दैनिक जसो संक्रमित भेटिएको छ ।

नवलपुरमा जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष र ६ बेडको आइसीयु कक्ष तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

पूर्वी नवलपरासीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए ।

संक्रमितमध्ये २ जना मध्यबिन्दु जिल्ला अस्पतालकै आइसोलेशनमा रहेका छन् भने अन्य सबै होम आइसोलेशनमा रहेका छन् ।

सोमबार बसेको नवलपुर जिल्ला स्तरको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभित्रको पालिका स्तरका सबै अस्पताललाई कम्तीमा ५ देखि १० बेडको आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिएको चापागाईले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ३० बजे

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५