सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन मन्त्री पोखरेलको निर्देशन « Khabarhub

सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन मन्त्री पोखरेलको निर्देशन


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पताललाई जनतामैत्री बनाउन निर्देशन दिएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने चार ठूला सरकारी अस्पतालका प्रमुखसँगको आजको बैठकमा उनले असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले अस्पतालको सेवामा सुधार गरी बिरामीलाई राहत दिन निर्देशन दिए ।

उपप्रधानमन्त्री पोखरेलले बाँसबारीस्थित गङ्गालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।

नेकपा (एमाले) का महासचिवसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले गत निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

छलफलमा काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेशसभा सदस्य दीपक निरौला पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ५९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि