हिमालयन बैंकले ल्यायो ‘एस.सि.टि युनियनपे’ कार्ड सेवा « Khabarhub

हिमालयन बैंकले ल्यायो ‘एस.सि.टि युनियनपे’ कार्ड सेवा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको छ ।

हिजो मंगलवार भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालित विशेष समारोहबीच हिमालयन बैंक एस.सि.टि युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको हो ।

सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्ने बैंकले जनाएको छ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने बैंक ले जनाएको छ ।

यूनियनपेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एच वि एल यूनियनपे एस सि टि कोब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न शुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका छन् । त्यस्तै निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने कुराको जानकारी दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.राले सो अवसरमा यूनियनपे तथा एस.सि.टि सँग सहकार्य गरी “एच वि एल यूनियनपे एस सि टि कार्ड” संचालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे । उनले नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स–्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको दाबी गरे ।

हिमालयन बैंक यूनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि संचालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखिनै जारी गर्दै आइरहेको छ । सन् २०१८ देखि क्यूपे वालेट पनि संचालन गर्दै आएको एस सि टि नेपालमा यूनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको छ ।

हिमालयन बैंक र एस सि टिले यूनियनपेको नेपालमा सेवा स्थानीयकरण गर्ने योजनामा साझेदारको रुपमा रही नेपाल र मित्रराष्ट्र चीनबिचको आर्थिक तथा व्यवसायिक क्रियाकलापमा सहयोग पुर्‍याउदै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ४४ बजे

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।