विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघ्यो, १५ करोड बढी निको « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघ्यो, १५ करोड बढी निको


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २० जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३५ लाख ११ हजार ६०५ पुगेको छ  ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ६ हजार १४६ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ५४ हजार ६२३ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८४२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख १५ हजार २६३ पुगेको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।

भारतमा पहिलो पटक शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या २ लाख ११ हजार ५५३ मा झरेको छ ।

विश्वभर निको हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुने धेरै छन् । २४ घण्टामा ५ लाख ४८ हजार २२५ जनामा संक्रमण देखिँदा ६ लाख ९८ हजार ६९७ जना निको भएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वभर निको हुनेको संख्या १५ करोड ८ लाख १० हजार १३७ पुगेको छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ४० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण