विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघ्यो, १५ करोड बढी निको « Khabarhub

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघ्यो, १५ करोड बढी निको


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २० जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३५ लाख ११ हजार ६०५ पुगेको छ  ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ६ हजार १४६ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ५४ हजार ६२३ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८४२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख १५ हजार २६३ पुगेको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।

भारतमा पहिलो पटक शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या २ लाख ११ हजार ५५३ मा झरेको छ ।

विश्वभर निको हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुने धेरै छन् । २४ घण्टामा ५ लाख ४८ हजार २२५ जनामा संक्रमण देखिँदा ६ लाख ९८ हजार ६९७ जना निको भएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वभर निको हुनेको संख्या १५ करोड ८ लाख १० हजार १३७ पुगेको छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ४० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका