स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली | Khabarhub Khabarhub

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ ।

जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।

काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो ।

म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएका छन् ।

त्यसका साथै उनले व्यक्तिगतरूपमा रु एक लाख खर्चेर आवश्यक निर्माण सामग्रीको जोहो गरी हावाबाट बिजुली उत्पादन गरेको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अँध्यारो हुँदा निकै असजिलो महसुस हुने गर्थ्यो ।

कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत् उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइदिएपछि बेलुकी पख शीतल हावा खान यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ ।

यतिबेला कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बेनी वा अन्यत्रबाट मानिसहरु आउन सक्ने वातावरण नभए पनि  परिस्थिति सहज हुने बित्तिकै पर्यटकहरुको घुइँचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन ।

म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक श्रेष्ठका अनुसार सात वटा बल्ब बाल्न सक्ने क्षमता भए पनि अहिले चार वटा बल्ब मात्र बाल्न सकिएको छ ।

सात वटा बल्ब बाल्ने क्षमताको उत्पादनका लागि एउटा ठूलो टर्वाइन र पोल आवश्यक पर्ने भएकाले अहिले ल्याउन सक्ने अवस्था छैन ।

स्थिति सहज भयो भने तुरुन्तै त्यो पोल र टर्वाइन ल्याएर जडान गरेपछि बाल्न सकिने सम्भावना भएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : ४० बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल