साउदी जाँदा अब यी नियम पालना गर्नुपर्ने, उल्लंघन गरे फिर्ता पठाइने | Khabarhub Khabarhub

साउदी जाँदा अब यी नियम पालना गर्नुपर्ने, उल्लंघन गरे फिर्ता पठाइने


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यका रुपमा रहेको साउदी अरबले श्रमिकहरुका लागि नयाँ नियम ल्याएको छ ।

विदेशी नागरिकको हकमा लागू हुने गरी साउदी सरकारले गत सोमबार मे २४ तारिखदेखि नयाँ नियम ल्याएको हो ।

साउदी सरकारको सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरणले साउदी अरब प्रवेश गर्दा पालना गर्नुपर्ने नयाँ नियमहरू जारी गरेको हो ।

यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टिन सम्बन्धी नियमको उल्लंघन गरेमा निजलाई पुनः साउदीमा आउन नपाउने गरी फिर्ता गरिने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी पछिल्लो समय कोरोना संक्रमणको दोश्रो लहर फैलिएसँगै थप कडाई गरिएको छ ।

गैरआबासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिलेसम्म साउदी अरबमा मात्र ८८ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यी हुन् उड्डयन प्राधिकरणले जारी गरेको नयाँ नियमहरु

– साउदी अरबमा प्रवेश गर्दा ८ वर्ष उमेरभन्दा माथिका सबैले आफ्नो पि.सि.आर. परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको हुनुपर्ने वा कोभिड विरुद्धको खोपको सबै डोज पुरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्ने ।

– साउदीको अकामा भएका व्यक्तिले साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य वीमा गर्नु नपर्ने तर भिजिट भिसामा साउदी आउने यात्रुले कोरोना संक्रमणको उपचार समेत कभर गर्ने किसिमको स्वास्थ्य बीमा अनिवार्यरुपमा गरेको हुनुपर्ने ।

– कोरोना संक्रमण कभर गर्ने किसिमको स्वास्थ्य वीमा भन्नाले क्लिनिक वा इमर्जेन्सी वा अस्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनसम्मको संस्थागत क्वारेन्टिन खर्चसमेत व्यहोर्ने खालको स्वास्थ्य वीमा गरेको हुनुपर्ने ।

– साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनको अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने । कोभिड विरूद्धको खोपको सबै डोज लगाई सकेकाहरू क्वारेनटिनमा बस्नु नपर्ने ।

– संस्थागत क्वारेन्टिनको व्यवस्था यात्रु प्रवेश / आगमन गरेको शहरमै हुने ।

– साउदी आएको २४ घण्टाभित्र र ७ औं दिनमा गरी २ पटक पीसीआर परिक्षण गर्नुपर्ने । पि.सि.आर. परीक्षणमा नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिनबाट बाहिर जान सकिने ।

-पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ७२ घण्टाभित्रैको हुनुपर्ने ।

– ८ वर्षभन्दा कम उमेरका बच्चाको पीसीआर परीक्षण गर्नु नपर्ने ।

– संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिएमा क्वारेन्टिनको अवधि १०-१४ दिनसम्मको हुने ।

– साउदीको अकामा भएको व्यक्तिमा साउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार साउदी सरकारले गरिदिने ।

– तर , भिजिट भिसामा साउदी आएको विदेशी नागरिकमा साउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको उपचार निजको स्वास्थ्य वीमाले कभर गर्नुपर्ने ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : २५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने