साउदी जाँदा अब यी नियम पालना गर्नुपर्ने, उल्लंघन गरे फिर्ता पठाइने « Khabarhub

साउदी जाँदा अब यी नियम पालना गर्नुपर्ने, उल्लंघन गरे फिर्ता पठाइने


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्यका रुपमा रहेको साउदी अरबले श्रमिकहरुका लागि नयाँ नियम ल्याएको छ ।

विदेशी नागरिकको हकमा लागू हुने गरी साउदी सरकारले गत सोमबार मे २४ तारिखदेखि नयाँ नियम ल्याएको हो ।

साउदी सरकारको सम्बन्धित निकाय नागरिक उड्डयन प्राधिकरणले साउदी अरब प्रवेश गर्दा पालना गर्नुपर्ने नयाँ नियमहरू जारी गरेको हो ।

यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वारेन्टिन सम्बन्धी नियमको उल्लंघन गरेमा निजलाई पुनः साउदीमा आउन नपाउने गरी फिर्ता गरिने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी पछिल्लो समय कोरोना संक्रमणको दोश्रो लहर फैलिएसँगै थप कडाई गरिएको छ ।

गैरआबासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिलेसम्म साउदी अरबमा मात्र ८८ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यी हुन् उड्डयन प्राधिकरणले जारी गरेको नयाँ नियमहरु

– साउदी अरबमा प्रवेश गर्दा ८ वर्ष उमेरभन्दा माथिका सबैले आफ्नो पि.सि.आर. परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको हुनुपर्ने वा कोभिड विरुद्धको खोपको सबै डोज पुरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्ने ।

– साउदीको अकामा भएका व्यक्तिले साउदीको यात्रा गर्नुपूर्व स्वास्थ्य वीमा गर्नु नपर्ने तर भिजिट भिसामा साउदी आउने यात्रुले कोरोना संक्रमणको उपचार समेत कभर गर्ने किसिमको स्वास्थ्य बीमा अनिवार्यरुपमा गरेको हुनुपर्ने ।

– कोरोना संक्रमण कभर गर्ने किसिमको स्वास्थ्य वीमा भन्नाले क्लिनिक वा इमर्जेन्सी वा अस्पताल भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनसम्मको संस्थागत क्वारेन्टिन खर्चसमेत व्यहोर्ने खालको स्वास्थ्य वीमा गरेको हुनुपर्ने ।

– साउदी अरबमा प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी अरब आएपछि ७ दिनको अनिवार्य संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने । कोभिड विरूद्धको खोपको सबै डोज लगाई सकेकाहरू क्वारेनटिनमा बस्नु नपर्ने ।

– संस्थागत क्वारेन्टिनको व्यवस्था यात्रु प्रवेश / आगमन गरेको शहरमै हुने ।

– साउदी आएको २४ घण्टाभित्र र ७ औं दिनमा गरी २ पटक पीसीआर परिक्षण गर्नुपर्ने । पि.सि.आर. परीक्षणमा नेगेटिभ आएमा ८ औं दिनमा संस्थागत क्वारेन्टिनबाट बाहिर जान सकिने ।

-पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ७२ घण्टाभित्रैको हुनुपर्ने ।

– ८ वर्षभन्दा कम उमेरका बच्चाको पीसीआर परीक्षण गर्नु नपर्ने ।

– संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिएमा क्वारेन्टिनको अवधि १०-१४ दिनसम्मको हुने ।

– साउदीको अकामा भएको व्यक्तिमा साउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको सम्पूर्ण उपचार साउदी सरकारले गरिदिने ।

– तर , भिजिट भिसामा साउदी आएको विदेशी नागरिकमा साउदी आउने बित्तिकै वा संस्थागत क्वारेन्टिनमा बसेको बेला कोरोना संक्रमण देखिन गई उपचार गर्नुपर्ने भएमा त्यस्तो व्यक्तिको उपचार निजको स्वास्थ्य वीमाले कभर गर्नुपर्ने ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : २५ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले