गर्मीमा रोगबाट बच्न ध्यान दिनुपर्ने कुरा « Khabarhub

गर्मीमा रोगबाट बच्न ध्यान दिनुपर्ने कुरा


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेठको दोस्रो साता लागेसँगै देशभर गर्मी बढेको छ । कोरोना कहरकाबीच यस पटकको गर्मीमा अन्य वर्षमा झै धूलो तथा अन्य प्रदूषण कम छ ।

यो मौसममा शरीरलाई तातो बनाउन वा शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेडमा राख्न हामीले धेरै शक्ति खर्चिनु पर्दैन ।

गर्मी मौसममा बढी प्रोटिनयुक्त खानेकुराहरू अर्थात कार्बोहाइड्रेड, बोसोयुक्त खाना भन्दा भिटामिन, खनिज तथा प्रसस्त पानी भएका खानेकुरा खानु पर्दछ ।

यो मौसममा सकेसम्म फलफूल, सलाद, दही, काँक्रा भोजनमा समावेश गर्नु पर्दछ । यो मौसममा मासु, अण्डा, दूध तथा दूधका परिकार रोज्नु राम्रो होइन । साथै बढी मसालेदार वा चिल्लो खाना खानु हुँदैन ।

गर्मी मौसममा झाडापखाला, बान्ता, पेट दुख्ने र फुड प्वाइजनिङ हुने क्रम बढ्दो हुन्छ । त्यसैले यो मौसममा ठिक्क मात्रामा खाना पकाउनु पर्छ ताकी खाना बासि नहोस् । खानेकुरा भण्डार गर्दा फ्रिजको प्रयोग गर्नु पर्छ । पानीको प्रयोगमा पनि विशेष ख्याल गर्नु पर्दछ ।

गर्मीमा अनिवार्य पानीलाई उमालेर, फिल्टर (छानेर) गरेर वा औषधि प्रयोग गरेर मात्र पिउनु पर्दछ । त्यस्तै खाना खानुअघि राम्रोसँग हात धुने, खाना पकाउनु तथा पस्कनुअघि हात धुने, दिसा तथा पिसाब गर्न चर्पीको प्रयोग गर्ने, शौचालय गएर आइसकेपछि राम्रोसँग हात धुने बानी बसाउनु पर्दछ । जो कोरोनाबाट बच्न पनि उपयोगी हुन्छ ।

गर्मीमा रोग फैलाउने कारक झिङ्गा, लामखुट्टे, भुसुनाको वृद्धि रोक्नु पर्दछ । डेंगु, मलेरिया, इन्सेफ्लाइटिस लामखुट्टेबाट फैलन्छन् भने कालाज्वर भुसुनाको टोकाइबाट फैलिन्छ । तसर्थ यिनिहरुको वृद्धि रोक्न र टोकाइबाट बच्न विशेष सावधानी अपनाउनु पर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : ४८ बजे

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी