गर्मीमा रोगबाट बच्न ध्यान दिनुपर्ने कुरा « Khabarhub

गर्मीमा रोगबाट बच्न ध्यान दिनुपर्ने कुरा


१३ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेठको दोस्रो साता लागेसँगै देशभर गर्मी बढेको छ । कोरोना कहरकाबीच यस पटकको गर्मीमा अन्य वर्षमा झै धूलो तथा अन्य प्रदूषण कम छ ।

यो मौसममा शरीरलाई तातो बनाउन वा शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेडमा राख्न हामीले धेरै शक्ति खर्चिनु पर्दैन ।

गर्मी मौसममा बढी प्रोटिनयुक्त खानेकुराहरू अर्थात कार्बोहाइड्रेड, बोसोयुक्त खाना भन्दा भिटामिन, खनिज तथा प्रसस्त पानी भएका खानेकुरा खानु पर्दछ ।

यो मौसममा सकेसम्म फलफूल, सलाद, दही, काँक्रा भोजनमा समावेश गर्नु पर्दछ । यो मौसममा मासु, अण्डा, दूध तथा दूधका परिकार रोज्नु राम्रो होइन । साथै बढी मसालेदार वा चिल्लो खाना खानु हुँदैन ।

गर्मी मौसममा झाडापखाला, बान्ता, पेट दुख्ने र फुड प्वाइजनिङ हुने क्रम बढ्दो हुन्छ । त्यसैले यो मौसममा ठिक्क मात्रामा खाना पकाउनु पर्छ ताकी खाना बासि नहोस् । खानेकुरा भण्डार गर्दा फ्रिजको प्रयोग गर्नु पर्छ । पानीको प्रयोगमा पनि विशेष ख्याल गर्नु पर्दछ ।

गर्मीमा अनिवार्य पानीलाई उमालेर, फिल्टर (छानेर) गरेर वा औषधि प्रयोग गरेर मात्र पिउनु पर्दछ । त्यस्तै खाना खानुअघि राम्रोसँग हात धुने, खाना पकाउनु तथा पस्कनुअघि हात धुने, दिसा तथा पिसाब गर्न चर्पीको प्रयोग गर्ने, शौचालय गएर आइसकेपछि राम्रोसँग हात धुने बानी बसाउनु पर्दछ । जो कोरोनाबाट बच्न पनि उपयोगी हुन्छ ।

गर्मीमा रोग फैलाउने कारक झिङ्गा, लामखुट्टे, भुसुनाको वृद्धि रोक्नु पर्दछ । डेंगु, मलेरिया, इन्सेफ्लाइटिस लामखुट्टेबाट फैलन्छन् भने कालाज्वर भुसुनाको टोकाइबाट फैलिन्छ । तसर्थ यिनिहरुको वृद्धि रोक्न र टोकाइबाट बच्न विशेष सावधानी अपनाउनु पर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १२ : ४८ बजे

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको