संक्रमित बढेपछि सीमा नाकामा कडाइ | Khabarhub Khabarhub

संक्रमित बढेपछि सीमा नाकामा कडाइ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।

भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए ।

प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र छ । सो सीमानाकामा ७२ बिओपी र ३९ एफओपिका पोष्ट छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको डिआजी गौतमले बताए ।

यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँग नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ ।

त्यस्तै जबर्जस्ती प्रवेश गर्नेलाई कारवाही गरिने, सीमा क्षेत्रको आफैँ स्वयं नियमित निरीक्षण गर्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतबाट कुनै सामान आउन नदिने जस्ता कार्यगरी सीमा क्षेत्रमा कडाइ गरिएको बताइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १ : ०५ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको