पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ प्रतिशत | Khabarhub Khabarhub

पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ प्रतिशत


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ ।

स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिए । यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । परीक्षण र सङ्क्रमितको सङ्ख्याका आधारमा जिल्लामा सङ्क्रमितको मृत्यु दर ०.६० प्रतिशत रहेको उनले बताए ।

कोरोनाभाइरसको सङ्क्रमण दर र मृत्यु दर सामान्य रहे पनि उपचारात्मक व्यवस्था कमजोर हुनाले यो सङ्ख्यासमेत चुनौतीपूर्ण हुने सरोकारवालाको ठम्याइ छ । जिल्लामा हालसम्म सघन उपचार कक्ष (आसीयू) र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन ।

जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भए पनि सो कार्यमा ढिलाइ भइरहेको छ । सङ्क्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् । जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ ।

दिनहुँ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहे पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या न्यून छ । छयानब्बे सङ्क्रमित रहेको जिल्लाको हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, “गाउँहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका बिरामीको सङ्ख्या र सङ्क्रमितको अवस्था हेर्दा स्थिति भयावह देखिन्छ तर गम्भीर समस्या भएका बिरामी निकै न्यून हुनाले आत्तिनुपर्ने अवस्था छैन् ।”

जिल्लामा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढी छ । सङ्क्रमणको दोस्रो लहर जिल्लामा शुरु हुँदा धेरै सङ्क्रमित देखिएका याङ्वरक र फालेलुङमा भने सङ्क्रमित थपिन छाडेको एक साता बितेको छ । यी दुई गाउँपालिका उक्त लहरको सङ्क्रमणको जालो तोड्न सफल भएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १ : ५९ बजे

मधेश सरकारको बजेट सर्वसम्मत पारित

जनकपुरधाम– मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले

घुस प्रकरणबारे मन्त्री अधिकारीको जवाफ- अरूले गरेको कुराकानी र लेनदेनमा मेरो संलग्नता छैन

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिने

‘छाउपडीलाई कानुनले चिन्दैन, तर रुढीवादले गाँजेको गाउँमा कानुन मात्र पर्याप्त छैन’

काठमाडौँ– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले छोरीचेली

चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै

काठमाडौं– चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै गएको पाइएको छ ।