सर्जिकल पसलका कर्मचारीमाथि कुटपिट गर्ने डीएसपी कार्कीमाथि छानविन गर्न समित गठन « Khabarhub

सर्जिकल पसलका कर्मचारीमाथि कुटपिट गर्ने डीएसपी कार्कीमाथि छानविन गर्न समित गठन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज । वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको एक सर्जिकल पसलका कर्मचारीमाथि डीएसपी प्रह्लाद कार्कीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रदेश २ प्रहरी कार्यालयले छानबिनका लागि समिति गठन गरेको छ ।

प्याथो सर्जिकल हाउसका कर्मचारी अफरोज अहमदमाथि डीएसपी कार्कीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको हो ।

प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको छ । छानबिनका क्रममा प्रहरीको गल्ती पाइए प्रहरी नियमावली बमोजिम कारबाही गरिने प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्कीले बुधबार बिहान उक्त सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अहमदलाई कुटपिट गरेका थिए ।

सर्जिकल हाउसको छेउमै रहेको किराना पसल प्रहरीले बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको भन्दै कुटपिट गरिएको हो । अहमदमाथिको कुटपिट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि डीएसपी कार्कीमाथि कारबाहीको माग उठेको थियो ।

लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइलसमेत डीएसपीले खोसेर लगेको पटेलले बताए । हाल वीरगन्जमा निषेधाज्ञा लगाइएको छ । बिहान ८ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न पसलहरु खोल्न दिने प्रशासनले अनुमति दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ३ : ५० बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका