डडेल्धुरा अस्पताललाई सरकारले दियो ५० वटा अक्सिजन सिलिण्डर  « Khabarhub

डडेल्धुरा अस्पताललाई सरकारले दियो ५० वटा अक्सिजन सिलिण्डर 


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिण्डर पुगेको छ ।

सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो । अक्सिजन सिलिण्डर नहुँदा कोरोना भाइरसका बिरामीको उपचारका लागि समस्या भइरहेको समयमा नेपाल सरकारले अक्सिजन सहितको सिलिण्डर दिएपछि उपचारका लागि सहज हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिण्डर सहित अब डडेल्धुरा अस्पतालमा साना ठूला गरी २ सय भन्दा बढी सिलिण्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

सिलिण्डरको पर्याप्तता भए सँगै आपतकालीनका लागि पनि अक्सिजन भरेर राख्नका लागि सहज हुने अस्पतालले जनाएको छ ।

हाल डडेल्धुरा अस्पतालमा ३७ जना कोरोना भाइरस संक्रमितको बिरामी रहेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ४ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु