बर्दियामा बाघसँग लडेर ज्यान जोगाए ७४ वर्षीय लालबहादुरले « Khabarhub

बर्दियामा बाघसँग लडेर ज्यान जोगाए ७४ वर्षीय लालबहादुरले


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा पाटे बाघले आक्रमण गरेपछि बाघसँग लडेर ७४ वर्षीय लालबहादुर थारुले ज्यान बजाएका छन् ।

प्रहरीका अनुसार बुधबार साँझ बाख्रा चराइरहेको अवस्थामा बाघले आक्रमण गरेपछि लालबहादुरले बाघ सँग कुस्ती खेलेर ज्यान बचाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ पाँच बजेतिर मधुवन नगरपालिका १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको थियो ।

बाघले थारूको अनुहार चिथोर्नुका साथै दाहिने खुट्टाको साप्रामा घाउ बनाइदिएको छ । प्रहरीका अनुसार थारूले पनि आफूसँग भएको खुर्पाले बाघलाई आक्रमण गरेका थिए ।

खुर्पाले चोट लागेपछि बाघ जंगलतिर भागेको थियो । घाइते थारूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १० : ४५ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै