सञ्जयलाई यूएईको ‘गोल्डेन भिसा’ | Khabarhub Khabarhub

सञ्जयलाई यूएईको ‘गोल्डेन भिसा’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता सञ्जय दत्तलाई यूएईले ‘गोल्डेन भिसा’ दिएको छ । अभिनेताले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् ।

दैनिक भास्करका अनुसार सञ्जयले पोस्टसँगै एक फोटो पनि राखेका छन् । जहाँ दुबईका जनरल डायरेक्टोरेट अफ रेसीडेन्सी एण्ड फरेन अफेयर्सका निर्देशक जनरल मेजर जनरल मोहम्मद अल मर्री पनि देखिएका छन् ।

‘मेजर मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितिमा संयुक्त अरब इमिरेट्सका लागि गोल्डेन भिसा प्राप्त गर्ने सम्मान पाएँ । यसका लागि यूएई सरकारलाई धन्यवाद । फ्लाई दुबईका सीओओ हमद ओबैदल्लाको पनि समर्थनका लागि आभारी छु’, उनले लेखेका छन् ।

यूएईमा गोल्डेन भिसालाई लङ टर्म रेसिडेन्स इभेन्टका रुपमा लिइन्छ । सन् २०१९ को मेमा प्रधानमन्त्री र दुबईका शासक के अप्रुवलपछि यो लागु भएको हो ।

सन् २०२० मा यूएई सरकारले यो भिसाको सुरुवात गरेको थियो । जसको अवधि १० वर्षको हुनेछ । यसको प्रमुख उद्देश्य प्रतिभाशाली व्यक्तिलाई खाडी देशमा बसाउनु हो । यसमा विशेष रुपमा पीएचडी होल्डर, डाक्टर, इञ्जिनियर र विश्वविद्यालयबाट छानिएका ग्रेजुएट्स पर्छन् ।

सञ्जय यो भिसा पाउने पहिलो बलिउडका कलाकार हुन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर