सरकारलाई कोरोना बाहना सत्ता सुरक्षाको कवच बन्यो : शेरबहादुर देउवा « Khabarhub

सरकारलाई कोरोना बाहना सत्ता सुरक्षाको कवच बन्यो : शेरबहादुर देउवा


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणलाई सरकारले सत्ता सुरक्षाको कवच मात्रै बनाएको आरोप लगाएका छन् ।

सभापति देउवाले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको नियन्त्रणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा निषेधाज्ञा कडाइका नाममा अनावश्यक रुपमा आतंकित बनाएको समेत बताएका छन् । उनले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण बढेको भएपनि नियन्त्रणका लागि सरकारले काम नगरेको आरोप लगाएका छन् ।

सभापति देउवाले सत्ता जोगाउन मात्रै प्रयोग गरेको भन्दै भनेका छन्,‘ निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदैछ । कोभिड—१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रुपमा प्रयोग गर्दैछ ।’

कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको भएपनि सरकारले कुनै सम्बोधन नगरेको सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निषेधाज्ञापछि नागरिक समस्यामा परेको भएपनि सरकारले कुनै ख्याल नगरेको उनको आरोप छ ।

अहिलेको सरकार संविधानको मूल मर्म र भावनाविपरित सत्तामा रहेको र अदालतमा रिटसमेत दायर भएको अवस्थामा दूरगामी निर्णय नगर्न समेत सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु ।’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोनाविरुद्धको खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसीयु बेड, अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न समेत सभापति देउवाले माग गरेका छन् ।

 

या

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ५९ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२