२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २२६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा ७, झापामा ११८, ताप्लेजुङमा २०, तेह्रथुम ३१, धनकुटामा २२, पाँचथर २१, भोजपुरमा ६, मोरङमा ४१०, संखुवासभामा ३७, सोलुखुम्बु २ र सुनसरी १८६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ९५, पर्सामा २७,  बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६ र सिरहामा ८३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७३८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २३३, चितवनमा १९८, दोलखामा ४५, धादिङमा १८८, नुवाकोटमा १६५, भक्तपुरमा २६५, मकवानपुरमा १०२, रसुवा ५, रामेछापमा ४४, ललितपुरमा ३६४, सिन्धुपाल्चोकमा १५० र सिन्धुली ८२ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३५८, गोरखामा २६, तनहुँमा ६१, नवलपरासी पूर्वमा ५८, पर्वत ३८, मुस्ताङ १,  म्याग्दी २०,  लमजुङमा ४८, बागलुङमा ५ र स्याङजामा ३८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १३, कपिलवस्तुमा ६६, गुल्मीमा १७५, दाङमा ६५, नवलपरासीमा ८, पाल्पामा ६६, प्यूठानमा १, बर्दियाका १४, बाँकेमा ३०, रुकुम पूर्व २, रुपन्देहीमा १४० र रोल्पामा ६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ६, जाजरकोटमा १, जुम्ला २, दैलेखमा २५, रुकुम पश्चिममा १२, सल्यानमा ४२ र सुर्खेतमा १२४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९७, कञ्चनपुरमा २९, कैलालीमा ११२, डडेल्धुरामा २३, डोटी ९, दार्चुला २५, बझाङ १ र बैतडीमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ३२ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै