संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई चिकित्सक संघद्वार तालिम दिन शुरू « Khabarhub

संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई चिकित्सक संघद्वार तालिम दिन शुरू


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम शुरू गरेको छ ।

अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरू गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ ।

तालिममा आफू सुरक्षित रहेर संक्रमित बिरामीको व्यवस्थापन, अक्सिजन तथा भेन्टिलेटरलगायत विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुरालाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिए ।

उनले भने,’कोभिड महामारी नियन्त्रणका लागि मुलुकभर रहेका फ्रन्टलाइनमा रहेर कोभिडको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि २/२ दिनको क्रिटिकल केयर म्यानेजमेन्ट अफ कोभिड १९ प्यासेन्ट भनेर यो तालिम सुरु भएको हो । यसबाट फ्रन्ट लाईनमा कामगर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोभिडको विरामीको उपचारमा सहयोग हुने, पोजिसन, अक्सिजन , मेकानिकल भेन्टिलेसनलगायत उपचारका लागि अत्यावश्यक र दैनिक काम गर्दा समस्या झेलिएका विषयमा अन्तरक्रिया गरि उपचारमा सहयोग गर्ने छ ।’

विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सहभागी गराइने महासचिव डाक्टर रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ४५ बजे

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ