संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई चिकित्सक संघद्वार तालिम दिन शुरू « Khabarhub

संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई चिकित्सक संघद्वार तालिम दिन शुरू


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम शुरू गरेको छ ।

अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरू गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ ।

तालिममा आफू सुरक्षित रहेर संक्रमित बिरामीको व्यवस्थापन, अक्सिजन तथा भेन्टिलेटरलगायत विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुरालाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिए ।

उनले भने,’कोभिड महामारी नियन्त्रणका लागि मुलुकभर रहेका फ्रन्टलाइनमा रहेर कोभिडको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि २/२ दिनको क्रिटिकल केयर म्यानेजमेन्ट अफ कोभिड १९ प्यासेन्ट भनेर यो तालिम सुरु भएको हो । यसबाट फ्रन्ट लाईनमा कामगर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोभिडको विरामीको उपचारमा सहयोग हुने, पोजिसन, अक्सिजन , मेकानिकल भेन्टिलेसनलगायत उपचारका लागि अत्यावश्यक र दैनिक काम गर्दा समस्या झेलिएका विषयमा अन्तरक्रिया गरि उपचारमा सहयोग गर्ने छ ।’

विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सहभागी गराइने महासचिव डाक्टर रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ४५ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र