कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक बिदा | Khabarhub Khabarhub

कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक बिदा


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ ।

कार्कीको निधन पछि नगरपालिका आज शोक बिदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताए । नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उनले बताए । कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिनु भएकी उनलाई वैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको सङ्क्रमण भएपछि होम आइसोलेशन बस्दै आएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । कोरोनाको दोस्रो लहरमा निधन हुने उनी पहिलो स्वाथ्यकर्मी हुन् । कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा थिइन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : ०१ बजे

समाजवादी र विप्लवसँग एकता गर्न नसकेपछि छट्पटीमा प्रचण्ड

काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी