कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक बिदा « Khabarhub

कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक बिदा


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ ।

कार्कीको निधन पछि नगरपालिका आज शोक बिदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताए । नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उनले बताए । कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिनु भएकी उनलाई वैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको सङ्क्रमण भएपछि होम आइसोलेशन बस्दै आएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । कोरोनाको दोस्रो लहरमा निधन हुने उनी पहिलो स्वाथ्यकर्मी हुन् । कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा थिइन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : ०१ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई