आज विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिने « Khabarhub

आज विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिने


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज रिट निवेदक प‍क्षको बसह सकिदै छ ।

विपक्षी पाँच दलको गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस सकिने भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि छुट्टाइएको  १२ घण्टाको समयमा शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

संवैधानिक इजलासमा यही असार ९ गतेदेखि रिट निवेदक पक्षको बहस शुरू भएको बहसमा शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

बाँकी रहेको समयमा रिट निवेदकको पक्षले बहस सकेपछि सरकारी पक्षको बहस शुरू हुनेछ । सरकारी पक्षका लागि १५ घण्टाको समय दिइएको छ । यो बसहपछि विपक्षी गठबन्धनको पक्षधरले उठाएका सवालको जवाफ दिन थप ३ घण्टाको समय दिइनेछ ।

सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, महान्यायाधिवक्ता रमेश बडालसहित सहमहान्यायधिवक्ता,नायब महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्नेछन् ।

प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदको संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् ।

यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले पनि चार रिट निवेदन दर्ता गराएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गत जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : २५ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर