गाँजासहित २ जना पक्राउ « Khabarhub

गाँजासहित २ जना पक्राउ


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको राक्सिराङबाट ७९ किलो गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–९ बस्ने वर्ष २० का प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने वर्ष ४३ लालबहादुर स्याङतान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उनीहरुलाई राक्सिराङ गाउँपालिका वडा नम्बर–५ परेवाभिर सडक खण्डबाट पक्राउ गरिएको हो ।

सोमबार दिउँसो १ बजेको समयमा परेवाभिरको सडक खण्ड हुँदै मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरीतर्फ ल्याउँदै गरेको गाँजासहित २ जनालाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ४० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि