विश्व फुटबलमा टिमहरूको आरोह–अवरोह | Khabarhub Khabarhub

विश्व फुटबलमा टिमहरूको आरोह–अवरोह


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही वर्षयता बेल्जियम संसारको शक्तिशाली फुटबल राष्ट्र बनेको छ । यो देश फिफा बरियताको शीर्ष स्थानमा लामो समय अडिएको छ । वर्तमानमा फुटबल मैदानमा ओर्लिनेहरू बेल्जियमलाई प्रतिद्वन्द्वीको रूपमा चाहँदैनन् ।

युरोपेली मुलुक बेल्जियममा ६ वटा खेल लोकप्रिय छन्; फुटबल साइक्लिङ, टेनिस, एथलेटिक्स, हक्की र पौडी ।

बेल्जियमले फुटबलको संसारमा अनेक आरोह–अवरोह भोग्यो । सन् ८० को दशकमा बेल्जियम फुटबलको उच्च लयमा थियो । सन् १९८६ को मेक्सिको विश्वकपमा माइकल प्लाटिनीसहितको फ्रान्स र जिको सहितको ब्राजिल चर्चामा थिए । यस विश्वकपमा बेल्जियम पनि बलियो टोली मानिएको थियो । दोस्रो चरणमा तत्कालीन सोभियत सङ्घलाई र क्वार्टर फाइनलमा स्पेनलाई हराएपछि बेल्जियमको चर्चा चुलिएको थियो ।

संयोग नै मान्नुपर्छ, इङ्ल्यान्डसँगको क्वार्टर फाइनलबाट तहल्का मच्चाएका डिएगो म्यारोडोना अर्जेन्टिनामा थिए । तिनै म्यारोडोना सहितको अर्जेन्टिनासँग बेल्जियम सेमिफाइनलमा पराजित भयो ।

जारी युरो कपको परिणाम जे भए पनि एउटा यथार्थ के हो भने फुटबल जगतमा बेल्जियम एउटा आकर्षण हो । लुकाकुसहितको पुस्ताको प्रभाव रहेसम्म बेल्जियम शक्तिकै रूपमा रहने पक्का छ ।

त्यो समयको बेल्जियम सन् २०१० को दशकको अन्त्यमा आइपुग्दा फेरि संसारको बलियो टोलीका रूपमा उदाएको छ । जारी युरो कपको परिणाम जे भए पनि एउटा यथार्थ के हो भने फुटबल जगतमा बेल्जियम एउटा आकर्षण हो । लुकाकुसहितको पुस्ताको प्रभाव रहेसम्म बेल्जियम शक्तिकै रूपमा रहने पक्का छ ।

केही यस्ता देश छन्, जो फुटबलमा थोरै समय चर्चामा रहे तर शक्तिशाली टोलीको रूपमा रहन सकेनन् ।

सन् १९५० को दशकमा हङ्गेरी विश्व फुटबलको डरलाग्दो शक्ति मानिन्थ्यो । सन् १९५० को विश्व कपपछि हङ्गेरी एकै पटक सन् १९५४ को विश्वकप फाइनलमा पश्चिम जर्मनीसँग ३–२ ले पराजित भएको थियो । हङ्गेरीको सो हार विश्व कप फुटबल इतिहासको अहिलेसम्मकै अप्रत्याशित मानिएको छ ।

सोही समयका फ्लोरेन्स पुस्कासलाई संसारकै उत्कृष्ट फुटबलरको रूपमा अहिलेसम्म धेरैले सम्झिने गरेका छन् । पेले, म्यारोडोना, अल्फ्रेडो स्टेफानो, डिएगो म्यारोडोना र फ्रेन्च बेकनबर्गको समकक्षमा राखिन्छन् पुस्कास । पुस्कास युगपछि हङ्गेरी फेरि फुटबल शक्ति बन्न सकेन ।

सन् १९६० को दशकमा युसिबियो सम्मिलित पोर्चुगलको टोली संसारकै एक उत्कृष्ट टोली थियो । पोर्चुगल सन् १९६६ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।

सन् ६० को दशकमा फुटबलको संसारमा उदाउनुअघि फुटबल इतिहासमा पोर्चुगलको मिहिनेतको लामो शृङ्खला छ । सन् १९३० को पहिलो विश्वकपमै सहभागी हुन चाहेको पोर्चुगल सन् १९३४ का लागि भएको छनोट चरणको खेलमा स्पेनसँग पराजित भयो । सन् १९३८ को विश्वकप छनोटमा पनि स्वीट्जरल्यान्डसँग पराजित भएर सहभागिताको अवसर गुमायो ।

त्यसपछि विश्व युद्धको कारण लामै समय विश्व कप आयोजना भएन । इङ्ल्यान्डसँग मैत्रीपूर्ण खेलमा १०–० ले पराजित हुनु पोर्चुगलका लागि झनै दुःखद थियो । सन् ५० को दशक पनि पोर्चुगलका लागि राम्रो भएन । पोर्चुगल सन् १९५० को विश्व कप छनोटमा स्पेनसँगको पराजित भयो, यसको चार वर्ष पछि अस्ट्रियासँग खेलेको थियो । भियनामा ९–१ ले पराजित पोचुगलले लिस्बनमा बराबरी गरेको थियो ।

सन् १९५८ को छनोटमा इटाली र उत्तरी आयरल्यान्ड सम्मिलित समूहमा पोर्चुगल अन्तिम स्थानमा थियो । सन् १९६० मा युरोपेली फुटबल च्याम्पियनसिप शुरू भएपछि पोर्चुगलको प्रभाव पढ्न थाल्यो । युरोपेली च्याम्पियनसिप पनि दुई लेगको नकआउट शैलीमा खेलिएको थियो । पहिलो प्रतिद्वन्द्वीको रूपमा पूर्वीजर्मनी पाएको पोर्चुगल विजयी शुरूवातसहित क्वार्टर फाइनलमा पुग्यो ।

पोर्चुगल, बेल्जियम र हङ्गेरी मात्र होइन, संसारमा अरू पनि देश छन् जो विश्व फुटबलमा शक्तिको रूपमा त उदाए तर लामो समय उही साख र फर्ममा रहन कायम सकेनन् । धेरै उतार–चढाब व्यहोरे ।

युगोस्लाभियासँगको क्वार्टर फाइनल पहिलो लेगमा विजयी पोर्चुलग टिम बेलग्रेडमा भएको दोस्रो लेगमा हारेर प्रतियोगिताबाट बाहिरियो । सन् १९६२ को विश्वकपमा पनि छनोट हुन सकेन ।

लामो समयको प्रयासपछि पोर्चुगल सन् १९६६ को विश्वकपमा छनोट भयो । छनोट चरणमा पोर्चुगल चेकोस्लोभाकिया, रोमानिया र टर्की सम्मिलित समूहमा थियो । सो समूहमा पहिलो भएर पोर्चुगल पहिलो पटक विश्वकपमा छानियो ।

पहिलो चरणमा पोर्चुगलले ब्राजिलले खेलेका तीन वटै खेलमा जित हात पार्‍यो । यसमा साबिक विजेता ब्राजिल माथिको ३–१ को जित पनि समावेश थियो । यसपछि पोर्चुगलको टोलीमाथि संसारका सबै फुटबल पारखीको ध्यान जान थालेको हो ।

क्वार्टर फाइनलमा अप्रत्याशित प्रदर्शन गर्दै आएको उत्तर कोरियासँग पोर्चुगल ३–० ले पछि पर्‍यो । यसै खेलमा फेरि इसुबियो छाएपछि यो टोली खेलमा फर्किंदै ४–३ को जित हात पार्न सफल भयो ।

यसरी सेमिफाइनल प्रवेश गरेको पोर्चुगल इङ्ल्यान्डसँग २–१ ले पराजित भएको थियो । यो पराजय पनि त्यत्तिकै भएको होइन । शुरूमा खेल लिभरपुलमा हुने तय थियो । पछि फिफाले लन्डनमै हुने भनेपछि पोर्चुगलले खेलअघि लामो यात्रा गरेको थियो ।

सोभियत सङ्घलाई हराउँदै तेस्रो स्थान हात पारेर पोर्चुगलले पहिलो विश्व कपको अनुभव गरेको थियो । सोही विश्वकपमा नौ गोल गरेर इसुबियो शीर्ष गोलकर्ता भए ।

लगत्तै पोर्चुगल ओरालो लाग्न थाल्यो । विश्वकपमा छनोट हुन समेत असफल भयो । सन् २००० को दशकमा पोचुगलसँग लुइस फिगो र रुइ कोस्टा जस्ता स्टार खेलाडी थिए यद्यपि अपेक्षित परिणाम प्राप्त भएन । सन् २०१० को दशक सकिँदासम्म परिणाममा उथलपुथल भए पनि पोर्चुगल लगातार फुटबल शक्तिको रूपमा रहेको छ ।

बेल्जियमको कथा भने फरक छ । सन् १९२० देखि १९३० सम्मको समय बेल्जियमका लागि सुखद मानिन्छ । बेल्जियममा घरेलु तहमा फुटबल लोकप्रिय थियो । सन् १९४० को दशकमा बेल्जियममा आक्रामक फुटबलरहरूको जमात थियो । हेनरिक रिक, जोसेफ मेरमान लगायत एकसे एक स्टार थिए तर सन् १९५४ मा हङ्गेरीसँग बराबरको प्रतिस्पर्धी ठानिएको बेल्जियम पहिलो चरणमै बाहिरिएको थियो ।

सन् १९५८ को विश्वकपका लागि प्ले अफ खेल्नुपर्ने भएपछि बेल्जियमले अस्वीकार गर्दै ऊ विश्वकपबाट बाहिरिएको थियो । जर्मनीले नै सन् १९५४ को विश्वकप विजेता जर्मनीलाई त्यसै वर्ष २–० ले पराजित ग¥यो । सन् १९६२ को विश्वकप विजेता ब्राजिल त सन् १९६३ मा बेल्जियमसँग ५–१ ले पराजित भएको थियो ।

सन् १९७२ मा पहिलोपटक युरोपेली च्याम्पियनसिपमा सहभागी भएको बेल्जियम तेस्रो हुन सफल भयो । सन् १९७४ मा बेल्जियमको टोली एक गोल नखाई प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो, प्रारम्भिक दुवै खेलमा गोलरहित बराबरी गरेको थियो । सन् १९६० मा शुरू भएको अफसाइड ट्र्यापको प्रचलन सबैभन्दा राम्रोसँग प्रयोग गर्ने देश बेल्जियम नै थियो ।

सन् १९८० मा बेल्जियम युरोपेली च्याम्पियनसिपमा दोस्रो हुन सफल भयो । सन् १९८२ देखि २००२ सम्म बेल्जियम हरेक विश्वकपमा छनोट हुन सफल भयो । सन् १९८२ मा साबिक विजेता अर्जेन्टिनालाई १–० ले हराएपछि बेल्जियमको चर्चा चुलिएको थियो । बेल्जियम फेरि सन् २००२ बाट एकाएक ओरालो लाग्यो ।

सन् २०१२ को बेल्जियमको पुनर्उत्थान युग शुरू भयो । यो उत्कृष्ट फर्म र लय लामो समय रहने हो या यो पुस्ता रहे सम्मका लागि हो त्यो त यकिन छैन ।

पोर्चुगल, बेल्जियम र हङ्गेरी मात्र होइन, संसारमा अरू पनि देश छन् जो विश्व फुटबलमा शक्तिको रूपमा त उदाए तर लामो समय उही साख र फर्ममा कायम रहन सकेनन् ।

सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे फेरि लय पक्रन सङ्घर्षरत छ । सन् १९१० को दशकमा डिएगो फोर्लानको प्रेरणामा सानदार फर्ममा रहेको उरुग्वे टोली फेरि सङ्घर्षरत छ ।

कुनै समय संसारकै शक्ति मानिने चेकोस्लोभाकिया र चेक गणतन्त्र अहिले शक्तिमा छैनन् । सन् ५० को र सन् ९० को दशकमा विश्व फुटबलमा आकर्षण मानिएको स्वीडेन पनि उही शक्ति रहेन ।

कुनै समय युगोस्लाभिया पनि संसारको फुटबल शक्ति थियो । विभाजन अघि सन् १९९० मा अन्तिम पटक यो सिङ्गो देश विश्वकपमा क्वार्टर फाइनलमा पुगेको थियो । युगोस्लाभिया त पछि टुक्राटुक्रा भयो । यसैमध्येको एक क्रोएसिया सन् १९९८ मा विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलमा पुगेको थियो । यसपछि गुमनाम बनेको क्रोएसिया सन् २०१६ मा उदाउन शुरू गरेको छ ।

गत विश्वकपको उपविजेता क्रोएसिया, गत युरो कपको विजेता पोर्चुगल र शीर्ष बरियताको बेल्जियमले फुटबलको दुनियाँमा लामो आरोह–अवरोह पार गरेका छन् । यी तीनै देश अहिले शक्तिको रूपमा स्थापित छन् । क्रोएसियाको इतिहास अन्य देशझैँ लामो छैन परन्तु छोटै अवधिमा पनि उसको कथा गर्वलायक छ । यी देशको यही लय, यही उत्कृष्टता कति समय कायम रहला !

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ५५ बजे

एनसेललाई नवीकरणका लागि जेठ १५ भित्र २० अर्ब बुझाउन प्राधिकरणले पठायो पत्र

काठमाडौं– मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका लागि यही जेठ

प्रधानमन्त्रीले नाराबाजी गरिरहेको कांग्रेससँग पनि मागे विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफूलाई

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

काठमाडौं– ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन्

आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै

दमौली– तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै