नेपालीलाई २१ जुलाइसम्म यूएई प्रवेशमा प्रतिबन्ध, खोप लगाएकालाई छैन रोकतोक « Khabarhub

नेपालीलाई २१ जुलाइसम्म यूएई प्रवेशमा प्रतिबन्ध, खोप लगाएकालाई छैन रोकतोक



दोहा- नेपाली कामदारहरुको प्रमुख गन्तब्य रहेको संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा कोरोना संक्रमणको कारण देखाउँदै नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको समयअवधि थपेको छ ।

नेपालसहित १३ देशका नागरिकलाई २१ जुलाइसम्म प्रतिबन्ध यथावत राखिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अनुसार नेपालसहित भारत,लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिकाको  प्रतिबन्ध यथावत राखिएको जनाएको छ ।

कार्गो उडानका साथै व्यवसाय र चार्टर उडानहरूलाई प्रतिबन्धबाट छुट दिइने जनाएको छ । यसअघि यूएईले नेपाली नागरिकलाई ७ जुलाइ सम्मलाई देश प्रवेशमा रोक लगाएको भए पनि अहिले जुलाई २१ सम्म बढाइएको छ ।

यूएईको यो नयाँ निर्णयसंगै त्यहाँबाट घर बिदामा नेपाल गएका कामदारहरुलाई भने थप समस्या हुने देखिएको छ । यूएई यसरी नेपाली नागरिक माथि लगाएको प्रतिबन्ध थपदै गए हजारौं नेपालीहरुको रोजगारी गुम्ने खतरा छ ।

यूएई–नेपाल सातामा चारवटा चार्टर उडान भइरहे पनि ती विमानहरूले नेपालबाट यात्रु लान पाउने छैन्, त्यहाँबाट मात्र यात्रु लिएर फर्किने छन् । यूएई कोरोना खोप (भ्याक्सिन) अनिवार्य लगाएका यात्रुलाई मात्र प्रवेश अनुमति दिने घोषणा गरेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, सिनोफार्म, स्पुतनिक–५ खोपलाई मात्र मान्यता दिएको छ । यूएईले भनेको यी खोपहरु अहिलेसम्म नेपाल सरकारले प्रयोगमा ल्याएको छैन् ।

माथि उल्लेखित खोप नलगाएसम्म नेपाली कामदारले अहिले तत्काल प्रवेश पाउने छैनन् । यूएईमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

 

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : १० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै