नेपालीलाई २१ जुलाइसम्म यूएई प्रवेशमा प्रतिबन्ध, खोप लगाएकालाई छैन रोकतोक « Khabarhub

नेपालीलाई २१ जुलाइसम्म यूएई प्रवेशमा प्रतिबन्ध, खोप लगाएकालाई छैन रोकतोक



दोहा- नेपाली कामदारहरुको प्रमुख गन्तब्य रहेको संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा कोरोना संक्रमणको कारण देखाउँदै नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको समयअवधि थपेको छ ।

नेपालसहित १३ देशका नागरिकलाई २१ जुलाइसम्म प्रतिबन्ध यथावत राखिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरण अनुसार नेपालसहित भारत,लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिकाको  प्रतिबन्ध यथावत राखिएको जनाएको छ ।

कार्गो उडानका साथै व्यवसाय र चार्टर उडानहरूलाई प्रतिबन्धबाट छुट दिइने जनाएको छ । यसअघि यूएईले नेपाली नागरिकलाई ७ जुलाइ सम्मलाई देश प्रवेशमा रोक लगाएको भए पनि अहिले जुलाई २१ सम्म बढाइएको छ ।

यूएईको यो नयाँ निर्णयसंगै त्यहाँबाट घर बिदामा नेपाल गएका कामदारहरुलाई भने थप समस्या हुने देखिएको छ । यूएई यसरी नेपाली नागरिक माथि लगाएको प्रतिबन्ध थपदै गए हजारौं नेपालीहरुको रोजगारी गुम्ने खतरा छ ।

यूएई–नेपाल सातामा चारवटा चार्टर उडान भइरहे पनि ती विमानहरूले नेपालबाट यात्रु लान पाउने छैन्, त्यहाँबाट मात्र यात्रु लिएर फर्किने छन् । यूएई कोरोना खोप (भ्याक्सिन) अनिवार्य लगाएका यात्रुलाई मात्र प्रवेश अनुमति दिने घोषणा गरेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, सिनोफार्म, स्पुतनिक–५ खोपलाई मात्र मान्यता दिएको छ । यूएईले भनेको यी खोपहरु अहिलेसम्म नेपाल सरकारले प्रयोगमा ल्याएको छैन् ।

माथि उल्लेखित खोप नलगाएसम्म नेपाली कामदारले अहिले तत्काल प्रवेश पाउने छैनन् । यूएईमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

 

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : १० बजे

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा