किन हुन्छ युरिक एसिड ? « Khabarhub

किन हुन्छ युरिक एसिड ?


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

युरिक एसिडको समस्या अहिले धेरै व्यक्तिकालागि टाउको दुखाईको बिषय बनेको छ । युरिक एसिडले गाँजेपछि टमाटर, कोल्डड्रिक्स, खसीको मासु लगायतका मन पर्ने खानपान त्याग्ने र कटौती गर्नुपर्दा कतिको दिनचर्या नै प्रभावित बनेको छ ।

किन हुन्छ युरिक एसिड ?
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

कस्ता मानिसलाई हुन्छ युरिक एसिड ?
– धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्ने
– अस्वस्थ्यकर खाना खाने
– शारीरिक श्रम नगर्ने
– वंशानुगत
– मदिरा सेवन गर्ने
– रगत पातलो बनाउने औषधी सेवन गर्ने
– उच्च रक्तचापको औषधी सेवन गरिरहेका

कसरी गर्ने नियन्त्रण ?
– युरिक एसिडबाट बच्न पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने ।
– जति बढि तरल खायो युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।
– खानपानमा सतर्कता अपनाउने, धेरै प्रोटिनयुक्त खानेकुरा सेवन नगर्ने ।
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुरा नखाने ।
– हरेक दिन खानामा भिटामिन सि खाने ।
– नियमित व्यायाम गर्नुपर्छ ।
– स्वथ्य खानपान र जीवनशैली अपनाउने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ३० बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित