एमाले स्थायी कमिटीमा पार्टी एकताको प्रयासबारे छलफल | Khabarhub Khabarhub

एमाले स्थायी कमिटीमा पार्टी एकताको प्रयासबारे छलफल

असार १६ मा बोलाइयो महाधिवेशन आयोजक कमिटी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेर अघि सकिएको छ ।

आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासका विषयमा बढी केन्द्रित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पार्टी एकताका लागि उच्च तहमा छलफल गर्न पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको जानकारी दिए ।

पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तीहरु र राष्ट्रिय राजनीतिको विभिन्न आयामहरुका विषयमा संक्षिप्त तर गहन रुपमा छलफल गरेका छौँ । यो विषयमा थप केही निर्णयहरु गर्न आवश्यक भएको र थप अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएकाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौँमा बस्नेगरि बैठक बोलाइएको छ ।’

त्यसैगरी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाध्यात्मक अवस्था आएर कारवाही गरेको समेत उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : ४१ बजे

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५

जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल

चितवन – लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा