लोकतन्त्र रक्षाका लागि कांग्रेस : उपसभापति गच्छदार | Khabarhub Khabarhub

लोकतन्त्र रक्षाका लागि कांग्रेस : उपसभापति गच्छदार


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता गच्छदारले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेस पार्टीसँग एकता गरेको उनको भनाइ थियो ।

पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उनले बताए । महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको उपसभापति गच्छदारको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले लोकतन्त्र बलियो बनाउनका लागि काग्रेस बलियो हुनुपर्ने बताए । ‘कांग्रेसभित्रको व्यवस्थापन कमजोर छ, यसलाई सुढृढ र गतिशील बनाउनका लागि कांग्रेसका सबै नेता तथा कार्यकर्ताको उत्तिकै दायित्व छ’, उनले भने ।

पूर्वमन्त्री खाँडले नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने अवस्था निर्माणमा नेतृत्व लाग्नुपर्ने बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए जनताको अधिकार कमजोर हुने उनको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नीति, कार्यक्रम र सक्षम नेतृत्वविना पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको उनको भनाइ थियो । उनले पार्टीभित्रको गुट उपगुटको अन्त्यका लागि सबल नेतृत्व पार्टीलाई आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस नेता डा गोविन्दराज पोखरेलले कांग्रेसभित्रको आगामी नीति र नेतृत्व कस्तो हुन्छ भन्ने बारेमा बहस हुनु जरुरी रहेको बताए । लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले कांग्रेसले आगामी महाधिवेशनलाई सहमति, सहकार्य र एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सभापति र प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताए ।

यसअघि उक्त अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा कर्णाली र सूदुुरपश्चिम प्रदेशमा सञ्चालन गरिने डा सङ्ग्रौलाले बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : ५५ बजे

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि

आइतबार सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५

जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल

चितवन – लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा