भीमार्जुन आचार्यको प्रश्न : धारा ७६ का सबै उपधारा अनुसार ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ भन्ने हो ? | Khabarhub Khabarhub

भीमार्जुन आचार्यको प्रश्न : धारा ७६ का सबै उपधारा अनुसार ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ भन्ने हो ?


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिटको पक्षमा आइतबार बहस गर्दै अधिवक्ता आचार्यले सांसदहरुको अधिकार राष्ट्रपति र प्रधानमन्त्रीले छिन्न नसक्ने बताएका हुन् ।

उनले संविधानको धारा ७६ को उपधारा ५ ले सांसदहरुका लागि विशेष व्यवस्था गरेको तर्क गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले दाबी गरेजस्तो नभएको बताए ।

संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्यागसम्बन्धी ऐन आकर्षित नहुने आचार्यले तर्क गरे ।

साथै उनले सर्वोच्च अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिएमा देशको संविधान समाप्त हुने जिकिर गरे ।

बहसका लागि दश मिनेटको समय पाएका आचार्यले भने, ‘अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दियो भने संविधान जान्छ । धारा ७६ का सबै उपधारा अनुसार केपी ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ अरु बन्न सक्दैनन्, पाउँदैन भन्ने त संविधानले व्यवस्था गरेको छैन । ७६ ९५० र ७६ ९२० बीच फरक छ । उपधारा ५ अनूसार एउटा सदस्यले पनि आधार पेश गर्न सक्छ भन्ने हो ।’

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  २ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर