भीमार्जुन आचार्यको प्रश्न : धारा ७६ का सबै उपधारा अनुसार ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ भन्ने हो ? « Khabarhub

भीमार्जुन आचार्यको प्रश्न : धारा ७६ का सबै उपधारा अनुसार ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ भन्ने हो ?


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिटको पक्षमा आइतबार बहस गर्दै अधिवक्ता आचार्यले सांसदहरुको अधिकार राष्ट्रपति र प्रधानमन्त्रीले छिन्न नसक्ने बताएका हुन् ।

उनले संविधानको धारा ७६ को उपधारा ५ ले सांसदहरुका लागि विशेष व्यवस्था गरेको तर्क गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले दाबी गरेजस्तो नभएको बताए ।

संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्यागसम्बन्धी ऐन आकर्षित नहुने आचार्यले तर्क गरे ।

साथै उनले सर्वोच्च अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिएमा देशको संविधान समाप्त हुने जिकिर गरे ।

बहसका लागि दश मिनेटको समय पाएका आचार्यले भने, ‘अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दियो भने संविधान जान्छ । धारा ७६ का सबै उपधारा अनुसार केपी ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ अरु बन्न सक्दैनन्, पाउँदैन भन्ने त संविधानले व्यवस्था गरेको छैन । ७६ ९५० र ७६ ९२० बीच फरक छ । उपधारा ५ अनूसार एउटा सदस्यले पनि आधार पेश गर्न सक्छ भन्ने हो ।’

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  २ : २० बजे

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग