९५६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

९५६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५६ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७३४ कोरोना संक्रमितको आईसीयूमा र २२२ को भेन्टिलेटरमा गरी कुल ९५६ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४५ जना आईसीयूमा र ४२ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २४ आईसीयूमा र १ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४०५ जना आईसीयूमा र १४१ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७७ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ४५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार