क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस « Khabarhub

क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणको कामलाई टुंगो लगाउने भएको छ ।

आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरु सम्मिलित बैठकले समान धारणा बनाएर कांग्रेसले जारी गरेको स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिशन कार्यतालिकाकै समयमा सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम अघि बढाइएको नेता रमेश लेखकले जानकारी दिए ।

उनले पार्टीको आन्तरिक समायोजनमा केही जटिलता भएका कारण अवरुद्ध क्रियाशील सदस्यता इन्ट्रीको काम पनि अघि बढेको बताए । पार्टीको आन्तरिक समायोजनका कारण अवरुद्ध बारा, बर्दिया, सिन्धुपाल्चोक लगायतका जिल्लामा आजदेखि काम अघि बढेको उनले जनाए ।

उनले भने, ‘अब देशको कुनै पनि जिल्ला कुनै पनि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी काम रोकिएको छैन ।’

नेता लेखकले देशभरीबाट करिव ८ लाख २० हजार सदस्यताको इन्ट्री भएको जानकारी दिए । केही जिल्ला र क्षेत्रमा अहिले इन्ट्रीको काम जारी रहेको जानकारी दिए । अहिले इन्ट्री भइरहेका ५-६ ठाउँबाहेक अरु ठाउँको सदस्यता सार्वजनिक भइरकेको समेत बताए । यससम्बन्धमा उजरी गुनासोका लागि तोकिएको समय पनि समाप्त भइसकेको हुँदा देशभरबाट प्राप्त उजुरी र गुनासोका विषयमा छलफल भइरहेको र समान धारणा बन्नाउने प्रयास जारी रहेको उनले बताए ।

पार्टीको वडा देखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व सर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै