अमेरिकाले चिनियाँ नेतृत्वलाई ‘बद्नाम’ गराएको चीनको गुनासो « Khabarhub

अमेरिकाले चिनियाँ नेतृत्वलाई ‘बद्नाम’ गराएको चीनको गुनासो


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले चिनियाँ नेतृत्वलाई बद्नाम गराएको चीनले गुनासो गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा चिनियाँ अधिकारीले आफ्नो नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न अमेरिकासँग आग्रह पनि गरेको छ ।

चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेकाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताएका छन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले यस्तो बताएका हुन् । उनी नयाँ सरकार गठनपछिको धेरै महिनापछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् ।  चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार शीले अमेरिकाले ‘आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको’ दावी गरे ।

सोमवार सम्पन्न हुने दुईदिने भ्रमणका क्रममा शर्मनले दुवै दिन चीनको उत्तरपूर्वमा रहेको तियानजिन शहरमा विताएका छन् । धेरैले अमेरिका–चीनको यो वार्तालाई बाइडन र सी चिनफिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिएका अर्थ्याएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ११ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा