अक्सिजन कन्सन्ट्रेटर सहयोग | Khabarhub Khabarhub

अक्सिजन कन्सन्ट्रेटर सहयोग


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली-  नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि रेडक्रस सोसाइटीले अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाले वडा नं १० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्न लागेको नगरस्तरीय अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको रेडक्रस तनहुँका मन्त्री चिनु पोख्रेलले जानकारी दिए । उनका अनुसार नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, थर्मलगन, अक्सोमिटर, फेसशिल्ड, सर्जिकल गाउन, सर्जिकल क्यापलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस तनहुँका सभापति वाग्लेले कोभिड न्यूनीकरणका लागि रेडक्रसले आवश्यक सामग्री सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताए ।

नगरप्रमुख न्यौपानेले कोभिड न्यूनीकरण सबैको साझा प्रयासबाट सम्भव रहेको उल्लेख गर्दै रेडक्रसप्रति आभार व्यक्त गरे । विसं २०२७ मा स्थापित रेडक्रस तनहुँले सेवामूलक काम गर्दै आएको छ ।

कोरोनाको अवधिमा रेडक्रस तनहुँ शाखाले सङ्गठन विकास, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक हेरचाह तथा यसको सिद्धान्तका बारेमा विभिन्न कार्यक्रम गरेको जनाएको छ ।

रेडक्रसले कोरोना रोकथामका उपाय फैलाउने, देवघाट, कोटदरबार र दुम्सीकोटको एम्बुलेन्सका लागि रेगुलेटरसहितका सिलिण्डर वितरण, २८ वटा उपशाखामा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण, स्वयंसेवक परिचालन, खोप लगाउनका लागि प्रेरित गर्ने,  बन्दीपुर र पुरनडिही अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहयोग, अक्सिजन सिलिण्डर वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : १० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको