भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली अलपत्र « Khabarhub

भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली अलपत्र


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली कामदार अलपत्र परेका छन् ।

म्याद सकिएसँगै घर फर्कनका लागि आवश्यक पर्ने चेक आउट मेमो प्राप्त गर्न नसक्दा उनीहरु अलपत्र परेको स्थानीय सञ्चारमाध्यम फ्रि मलेसिया टुडेले जनाएको छ ।

कोरोना महामारीपछि लगाइएको प्रतिबन्धका कारण अध्यागमन कार्यालयहरू बन्द भएकाले उनीहरुले चेक आउट मेमो प्राप्त गर्न सकेका छैनन् ।

अलपत्र नेपालीहरु साथीभाइको शरणमा बसेको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले जानकारी दिए ।

पछिल्लो समय मलेसिया सरकारले गैरकानूनी रुपमा बसेका नेपालीलगायत आप्रवासी कामदारहरुको बिरूद्ध कारबाही प्रकिया तीव्र पारेको छ ।

दूतावासले अध्यागमन अधिकारीहरूसँग कामदार वा रोजगारदाताहरूले एक्जिट मेमो लिनका लागि कम्तीमा एउटा काउन्टर खोल्न आग्रह गरिरहेको कार्कीले जानकारी दिए ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : २५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले