भारतीय सौन्दर्य प्रतियोगीलाई नेपाली कोरियोग्राफर रोजिनबाट अनलाइन ग्रुमिङ « Khabarhub

भारतीय सौन्दर्य प्रतियोगीलाई नेपाली कोरियोग्राफर रोजिनबाट अनलाइन ग्रुमिङ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले भारतमा सञ्चालन हुँदै गरेको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस हेरिटेज इण्डिया’को अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् ।

म्रुनाल इन्टरटेनमेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रियस्तरमा आयोजना हुँदै आएको यो प्रतियोगिताको रोजिनले शालै गुगलमीटको माध्यमबाट अनलाइनमार्फत् ग्रुमिङ सेसन पुरा गरेका हुन् ।

कोरियोग्राफर रोजिनका अनुसार प्रतियोगीलाई स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागीले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरामा ग्रुमिङ गराइएको थियो ।

प्रतियोगिताकी सहभागी प्रणालीले ग्रुमिङ सेसन मानसिक र व्यक्तित्व विकासका दृष्टिकोणले निकै राम्रो रहेको बताइन् । अर्की सहभागी गौरी ठोरतले आफूभित्रको सकारात्मक र सशक्त पक्षको खोजी, विकास र प्रयोगका लागि यसले उर्जा प्रदान गरेको बताइन् ।

यस प्रतियोगिताका विजेताले भारतलाई प्रतिनिधित्व गर्दै इप्लानेटको ब्यानरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’मा भारतको तर्फबाट सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : ४० बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,