चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन « Khabarhub

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरुद्ध भएको थियो ।

वर्षाका कारण ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडकको अवरोधलाई हटाएपछि सोमबार साँझदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिरलगायतका स्थानमा पहिरो गएकाले शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका गाउँहरुमा जान हिँडेका यात्रु समस्यामा परेका थिए । सडक खुलेसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

बन्द सडक खुले पनि पहिरोको जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने रोकिएको छैन । यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरुङले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : २५ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा