प्रतिनिधिसभा बैठकमा गगन थापाको प्रश्न– बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने ? « Khabarhub

प्रतिनिधिसभा बैठकमा गगन थापाको प्रश्न– बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने ?


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद् गगन थाापाले पुनर्स्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै अब नयाँ अध्याय प्रारम्भ भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले अध्यायको सुखान्तका लागि सरकार र सांसद् दुवैसँग नयाँ अपेक्षा रहेको बताए ।

अघिल्लो सरकारले संसदलाई हेपेको अदालतलाई हप्काएको भन्दै यस्तो छुट वर्तमान सरकारलाई नभएको बताए । उनले भने, ‘संसद्लाई हेप्ने, अदालतलाई हप्काउने । न विधि मान्ने, न विज्ञानलाई पत्याउने । स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने । जनताको दुहाइ दिने तर आसेपासे पोस्ने । बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने । यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन ।’

उनले संसद्ले पनि संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘न त संसद्लाई बेवास्ता गर्न दिइने छ । न त कामविहीन बनाउन । न त मानोमानी ढंगले स्थागित गर्न दिइने छ । न त छल्न । यो संसद् सरकारसँग डराउने होइन, सरकार संसद्सँग डराउनुपर्ने छ, सांसद्को प्रश्नसँग सरकारको निगरानीसँग । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ । यो संसद् जोगाउन लाग्ने हामी प्रत्येक सांसद्को छ ।’

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ४० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले