‘अघिल्लो सरकारले शुरु गरेका कार्यक्रममा प्रतिशोध नहोस्’ « Khabarhub

‘अघिल्लो सरकारले शुरु गरेका कार्यक्रममा प्रतिशोध नहोस्’


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन माग गरेको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिए ।

उनले भने, ‘छिमेकीका घरमा आश्रय लिइरहेका बाढीपहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउनुस्, सुकुम्बासीलाई निराश बनाउने काम नहोस्, सरकारले प्रतिशोधको भावनाले अघिल्लो सरकारले शुरु गरेका विकास र समृद्धिका कार्यक्रमलाई प्रभावित नतुल्याइयोस् ।’

नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले लामो समयदेखि रिक्त रहेको उपसभामुखको चयन यथाशीघ्र गर्न र पुनर्स्थापित संसद् र सांसदलाई क्रियाशील बनाउन सुझाव दिए । उनले भने, ‘कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रभावकारीरुपमा कार्यक्रम अघि बढाउन सर्वदलीय समिति बनाइसोस्, मन्त्रिमण्डलले छिटो पूर्णता पाओस्, सरकारबाट जनहितका पक्षमा निर्णय होस् ।’

नेकपा (माओवादी केन्द्र) का यशोदा सुवेदीले यस वर्षको बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको मनाङ जिल्लामा विपद्पछिको पुनर्निर्माण र राहतका कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाउन सुझाव दिए । उनले भने, ‘बाढीपहिराबाट अस्तव्यस्त रहेका जिल्लाका सडक, विद्युत्, अस्पताल तथा निजी र सरकारी पूर्वाधार निर्माण कार्य तत्काल र दीर्घकालीन योजनासहित अघि बढाइयोस् ।’

जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले नागरिकतासम्बन्धी विधेयक सदनबाट समयमा पारित नहुँदा धेरै जनताले असहजस्थिति बेहोर्नु परेकाले राजनीतिक दलबीच सहमति कायम गरी यथाशीघ्र यस विषयलाई अघि बढाउन माग गरे । उनले भने, ‘तीन वर्षअघि निर्वाचन जितेर सदनमा आएलगत्तै उठाइएको नागरिकता विधेयकले आजका दिनसम्म पूर्णता नपाउँदा धेरै नागरिक समस्यामा परेको छ, छिटो यो विषय सुल्झाइयोस् ।’

नेपाल मजदूर किसान पार्टी प्रेम सुवालले सरकारले समयमै आवश्यक चासो र चिन्ता नलिएका कारण पहिलो खोप लगाएका कैयौँ नागरिक दोस्रो खोप नपाएर शून्य हुने अवस्थामा पुगेको आरोप लगाए ।

उनले भने, ‘कोरोना बीमा बापतको रकम अग्रमोर्चामा रही काम गरिरहेका चिकित्सकले नै समयमा पाउन नसकेको अवस्था छ, दूरदराजका अस्पतालमा औषधि र उपकरण पुगे पनि आवश्यक जनशक्ति उपलब्ध नभएका कारण सेवा प्रभावकारी हुन सकेको छैन, यसमा सरकारको ध्यान जाओस्, भक्तपुरको ताथलीमा पहिराबाट बस्ती नै जोखिममा रहेकाले बेलैमा रोकथाम गरी जनधनको क्षति हुन नदिनेतर्फ सरकार सजग होस् ।’

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ४८ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी