ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई पुनर्नियुक्ति गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव  « Khabarhub

ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई पुनर्नियुक्ति गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव 


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई नै सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको थियो । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

बैठकपछि माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ओली सरकारले फेरबदल गरेका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको जानकारी दिए  ।

माओवादीले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हेरफेर गर्ने पौडेलले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : ४० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले