कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न राष्ट्रियसभा सांसदहरुको सुझाव « Khabarhub

कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न राष्ट्रियसभा सांसदहरुको सुझाव


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा उनीहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे ।

नेपाली काङ्ग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

देशका विभिन्न भागमा बाढीपहिरोबाट पीडित भएकालाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरे । निर्मला पन्तलाई चाँडो न्याय दिन उनले माग गरे ।

नेकपा एमालेकी सांसद विमला घिमिरेले संसद्मा आरोप प्रत्यारोपको राजनीति त्यागेर महामारी नियन्त्रण र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरिन् ।

सोही दलका अगमप्रसाद वान्तवा राईले सरकारले भूमिहीनका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । सांसद तुलसाकुमारी दाहालले कोरोना सङ्क्रमण बढ्दै गरेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नहुने सुझाव दिएकी थिइन ।

नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले सबै राजनीतिक दल र जनताको प्रयासबाट देशमा परिवर्तन भएको यथार्थ सुनाउँदै संविधान संरक्षण र गणतन्त्रको संस्थागत विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले सरकारले खोप खरीदका लागि गरेको निर्णयको स्वागत गर्दै समयमै सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सुझाव दिए ।

सांसद विमला राई पौडेलले मुलुक संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको बताउँदै सर्वोच्च अदालतको फैसला भोलिका लागि नजिर बन्ने र त्यसबारेमा विस्तृत छलफल गरिनुपर्ने विचार व्यक्त गरिन् ।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले ओली सरकारले थालेका विकास निर्माणका योजनालाई निरन्तरता दिन सरकारसँग माग गरे भने सोही दलकी दीपा गुरुङले चुनौतीपूर्ण अवस्थामा रहेको गठबन्धन सरकारले जनाताका समस्या समाधान गर्नेमा शङ्का व्यक्त गरिन् ।

नेकपा एमालेकी सांसद नैनकला ओझाले जनादेशबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका राम्रा कामलाई प्राथमिकता दिन सरकारसँग माग गरिन् । अर्का सांसद सुमित्रा विसीले देशभर महिला हिंसाका घटना बढेकामा दोषीलाई कारबाहीको माग गरिन् । उनले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई घरमै सामाजिक भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसका सांसद दृगनारायण पाण्डेयले सरकारले पहिलो प्राथमिकतामा कोभिड–१९ खोपलाई राख्न सुझाव दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : ४५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी