पौडीमा एलेक्सको नयाँ कीर्तिमान « Khabarhub

पौडीमा एलेक्सको नयाँ कीर्तिमान


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेपनि पौडीका एलेक्स शाह टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् ।

टोकियोमा मंगलबार भएको स्पर्धामा एलेक्सले पुरुषको एक सय मिटरको फ्रिस्टाईलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा उनले सय मिटरको दुरी ५३ दशमलब ४१ सेकेण्डमा पूरा गरे । यसअघि सो कीर्तिमान उनकै नाममा थियो । उनले यसअघि सो दुरी ५५ दशमलब ३८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका थिए ।

७ खेलाडीबीच भएको हिट एकको स्पर्धामा शीर्ष स्थानमा रहेपनि एलेक्सले सेमिफाइनलमा स्थान बनाउन भने सकेनन् । कुल ७१ खेलाडीले प्रतिस्पर्धा गरेको हिट एकको स्पर्धामा एलेक्स ५९ औं स्थानमा रहेका थिए । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

टोकियो ओलम्पिकमा सहभागी पौडीकी गौरिका सिंहले बुधबार महिला १ सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : १४ बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने