पौडीमा एलेक्सको नयाँ कीर्तिमान « Khabarhub

पौडीमा एलेक्सको नयाँ कीर्तिमान


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेपनि पौडीका एलेक्स शाह टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् ।

टोकियोमा मंगलबार भएको स्पर्धामा एलेक्सले पुरुषको एक सय मिटरको फ्रिस्टाईलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा उनले सय मिटरको दुरी ५३ दशमलब ४१ सेकेण्डमा पूरा गरे । यसअघि सो कीर्तिमान उनकै नाममा थियो । उनले यसअघि सो दुरी ५५ दशमलब ३८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका थिए ।

७ खेलाडीबीच भएको हिट एकको स्पर्धामा शीर्ष स्थानमा रहेपनि एलेक्सले सेमिफाइनलमा स्थान बनाउन भने सकेनन् । कुल ७१ खेलाडीले प्रतिस्पर्धा गरेको हिट एकको स्पर्धामा एलेक्स ५९ औं स्थानमा रहेका थिए । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

टोकियो ओलम्पिकमा सहभागी पौडीकी गौरिका सिंहले बुधबार महिला १ सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : १४ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६