नेपालमा कोरोनाको नयाँ ‘कप्पा’भेरियन्ट पुष्टि « Khabarhub

नेपालमा कोरोनाको नयाँ ‘कप्पा’भेरियन्ट पुष्टि


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए ।

जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको र सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ१ नाम दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यी सहित नेपालमा भेरियन्ट कन्सर्नका रुपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ ।

यी सबै भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो ।

मन्त्रालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न /गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैमा अनुरोध गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : ४४ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण